नेम्वाङको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त – Nagarikabhiyan : National News

नेम्वाङको निधनमा माधव नेपालद्वारा दुःख व्यक्त

काठमाडौं :नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन्।

मंगलबार बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर अध्यक्ष नेपालले स्व।नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। उपाध्यक्ष नेम्वाङको निधनको खबर पाएसँगै विभिन्न पार्टीका नेता तथा कार्यकर्ता अस्पताल पुगेका थिए।