बाँकेको शमशेरगञ्जमा बस दुर्घटना सातजनाको मृत्यु ३० घाइते – Nagarikabhiyan : National News

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना सातजनाको मृत्यु ३० घाइते

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।

बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ।

मृत्यु हुने बसका सहचालक र अन्य एकजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।घाइतेको कोहलपुरमा उपचार भइरहेको छ ।
डीएसपी डाँगीले बसमा ४१ जना सवार रहेको प्रारम्भिक जानकारी पाएको बताए। बसमा बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वारा बर्दियाको टोली सवार रहेको र उनीहरु दाङबाट बर्दियातर्फ जाँदै गरेका थिए।