कोशी प्रदेश मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शथप आजै – Nagarikabhiyan : National News

कोशी प्रदेश मुख्यमन्त्रीमा हिक्मत कार्कीको नियुक्ति र शथप आजै

विराटनगर : कोशी प्रदेशका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन्। उनले आजै मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुखको कार्यालयका सचिवालयको अनुसार मुख्यमन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरी समय तय भएको छ।

सर्वोच्चको आदेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले शुक्रबार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ९३० को मुख्यमन्त्री नियुक्त गर्ने तयारीसमेत रहेको सचिवालयले जनाएको छ।

बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेसँगै एमाले संसदीय दलका नेता कार्कीलाई ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

कार्कीले यसअघि पाँच महिना कोशी प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्। राजनीतिक सहयात्री दल नेकपा माओवादी केन्द्र र जसपाले साथ छोडेपछि अल्पमतमा परेको कार्की नेतृत्व्को सरकारले असार १५ मा प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।