पेप्सीकोलामा बसले तीनवटा सवारीलाई ठक्कर दिँदा ७ जना घाइते
१७ भाद्र २०८०, आईतवार ०९:२०
काठमाडौं- काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ।
बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बा प्र ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट ७ जना घाइते भएको कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीले जनाएका छन्। घाइतेहरुलाई मीनभवनस्थित सिभिल अस्पतालमा पठाइएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया