धनगढीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु
१६ भाद्र २०८०, शनिबार ११:३९
धनगढी –धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका(५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया