कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु – Nagarikabhiyan : National News

कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु

धनगढी । कञ्चनपुरमा मोटर साईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको बेलडाँडी गाउँपालिका वडा नं। १ हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २२ का सुनिल सार्कीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो बेल्डाँडी गाउँपालिका वडा नं। १ अवस्थित भण्डारी टोल नजिक सुपप्र ००३प ७२११ नं।को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना सार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सार्कीले आफैले चलाएको मोटरसाइकल हुलाकी सडकमा खाल्डोमा परी अनियन्त्रित भई दुर्घटना भएको थियो । ठेकेदारले समयमै सडक निर्माण कार्य नगर्दा दुर्घटना हुने गरेको स्थानीय युवा हिमाल ओखेडाले बताए ।

समयमै बाटो नबन्दा स्थानीयले ज्यान गुमाउनु परेको भन्दै अहिले युवाहरुले हुलाकी राजमार्गमा आन्दोलन गरिरहेका छन् । स्थानीय तथा युवाहरुले अहिले हुलाकी सडक बन्द गरेका छन् ।