गोदावरीमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित – Nagarikabhiyan : National News

गोदावरीमा छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको ग्वाँसी माविमा अध्ययनरत छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित भएको छ । विद्यालयमा कक्षा ९ देखि १२ मा अध्ययनरत छात्रा बेहोस हुन थालेपछि पढाइ प्रभावित हुन थालेको हो । कक्षाकोठामा छात्रा बेहोस हुने गरेकाले पठनपाठनमा समस्या हुने गरेको विद्यालयका प्रधानाध्यापक गणेश भट्टराइले बताए । उनले ९ देखि १२ कक्षाको अध्यापन बिहानी सत्रमा गरेपछि छात्राहरु बेहोस हुने क्रम बढेको बताए ।

करिब १४ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कक्षा कोठा अभाव भएपछि २ सिफ्टमा अध्यापन हुँदै आएको छ । प्रधानाध्यापक भट्टराइले कक्षा कोठामा एक जना छात्रा बेहोस भएपछि अन्य पनि बेहोस हुने गरेकाले पठनपाठन प्रभावित हुने गरेको बताए । उनका अनुसार यसरी बेहोस भएका छात्राहरु केही आफै आधा घण्टामा ठिक हुने गरेका छन भने ठिक नभएकाहरुलाई अस्पताल सम्म पु¥याइने गरिएको छ ।

उनले विहान विद्यार्थी भोकै आउने र कक्षा कोठामा भिडभाड हुने भएकाले यस्तो समस्या आएको हुन सक्ने बताए । ‘विद्यालय २ सिफ्टमा चल्ने भएकाले विद्यार्थीहरु बिहान भोक–भोकै पनि आउने गरेका हुन्छन । विहान देखि ११ र१२ बजे सम्म भोकभोकै पढ्नुपर्दा समस्या देखिएको हुन्छ की जस्तो लाग्छ’ उनले भने ‘यसरी कक्षाकोठामा विद्यार्थी बेहोस भएर ढल्दा पढाइमा निकै डिस्टर्व भइरहेको हुन्छ । एक जना विद्यार्थी बेहोस भए अरु पनि बेहोस हुुने गर्छन । जसले पठनपाठन नै रोकिन्छ ।’ उनले विद्यालयमा कक्षाकोठाको अभाव भएर २ सिफ्टमा चलाएको भएपनि समस्या सामाधान नभएको बताए ।