निषेधाज्ञा हटेसँगै धरानमा खुशीको चहलपहल,
१० भाद्र २०८०, आईतवार ११:५६
काठमाडौं। सामाजिक र धार्मिक एकता विथोलिने सम्भावनाका कारण धरानमा लगाइएको निधेषाज्ञा सकिएको छ ।
गएराति १२ बजेदेखि निषेधाज्ञा सकिएको छ । बिहानैदेखि धरान बजार खुलेको छ । धरानका सडक र चोकमा पहिलेजस्तो चहलपहल नभएपनि अवस्था भने शान्त नै रहेको छ ।
हिजो शनिबार दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए । आज भने बिहानैदेखि चहलपहल शुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया