१० हजार रुपैयाँ घुससहित नापी कार्यालय लहानका अमिन पक्राउ – Nagarikabhiyan : National News

१० हजार रुपैयाँ घुससहित नापी कार्यालय लहानका अमिन पक्राउ

काठमाण्डाै –१० हजार रुपैयाँ घुससहित नापी कार्यालय लहान सिरहामा कार्यरत अमिन दीपरन्जन यादव पक्राउ परेका छन् ।

यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले दिनुभयो ।