काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशुलीमा खस्यो
६ भाद्र २०८०, बुधबार १२:१३
काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खसेको छ । धादिङको गजुरी गाउँपालिका(१ चालीसेछहराबाट त्रिशूली नदीमा प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
अहिले घाइतेहरूको उद्धार भइरहेको एसपी मिश्रले बताए ।त्रिशूली नदीमा बस खसेको छ । अहिले घाइतेहरूको उद्धार भइरहेको छ । केहीलाई अस्पताल लगिएको छ । केही सिरियस घाइते पनि छन् एसपी मिश्रले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया