सल्यानमा हाइस दुर्घटनास् २ जनाको मृत्यु १५ जना घाईते
४ भाद्र २०८०, सोमबार २२:०२
सल्यान, ४ भदौ ।सल्यानको कपुरकोटमा भएको गाडि दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११ निवासी ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका २ निवासी ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओमपद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ ।
यस्तै घाईते हुनेहरुमा सल्यानको दार्मा गाउँपालिका १ का ३२ वर्षीय इन्द्र बहादुर केसी, सोही ठाउँका ५० वर्षीय थिर्मु खत्री, २७ वर्षीय ललित वली, ४२ वर्षीय रिता केसी, ३१ वर्षीय प्रेम प्रकास चन्द, १८ वर्षीय मान बहादुर केसी, गार्मा २ का ५५ वर्षीय टिकाराम केसी, सोही ठाउँका २५ वर्षीय रमेश केसी, सिद्धकुमाख गाउँपालिका २ ढोरचौरका ३५ वर्षीय टिका बस्नेत रहेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया