झापा मोरङ र सुनसरीमा ठूलो वर्षा आज यी नदीमा बाढीको जोखिम
४ भाद्र २०८०, सोमबार ११:०२
काठमाण्डाै – झापा मोरङ र सुनसरीमा ठूलो वर्षा भएको छ । मोरङको लेटाङ सुनसरीको सप्तकोशी चतारा वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्लो ३ घण्टामा ठूलो वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
झापा मोरङ सुनसरी भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज इलाम झापा मोरङ सुनसरी कैलाली, कञ्चनपुर डोटी डडेल्धुरा बैतडी र आसपास भइ बहने साना नदी तथा खोलाका बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै महाकाली नदीमा जलसतह सतर्कता तह आसपास पुग्ने सक्ने सम्भावना रहेकाले आज र भोलि सतर्कता अपनाउन भनिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया