गलकोटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो
४ भाद्र २०८०, सोमबार ०९:२०
बाग्लुङ -बाग्लुङको गलकोट नगरपालिका(३ हटियाको बतासेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
गएराति ग ८ प १२२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गलकोट नगरपालिका(३ हटिया बजारका अन्दाजी २८ वर्षीय गणेश परियारको ज्यान गएको हो । परियारको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया