अरिङ्गालले चिलेर गुल्मीको मुसिकोटमा एक युवकको ज्यान गयो – Nagarikabhiyan : National News

अरिङ्गालले चिलेर गुल्मीको मुसिकोटमा एक युवकको ज्यान गयो

गुल्मी – अरिङ्गालले चिलेर गुल्मीको मुसिकोट नगरपालिका–४ कालाढुङ्गाका २१ वर्षका शैलेष सिं ठकुरीको ज्यान गएको छ ।

हिजो बेलुका ६ बजे साथीसँगै स्थानीय देविस्थान सामुदायिक वनमा सल्लाको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा रुख चढ्दै गर्दा ठकुरीलाई अरिङ्गालले चिलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानने जानकारी दिनुभयो ।

अरिङ्गालले चिलेपछि ठकुरी घर पुगेर परिवारसँगै खाना खाएर सुतेका थिए । भाइले अरिङ्गालले चिलेको जानकारी नगराएको र बिहान मात्रै पेट पोल्यो भनेपछि उपचारका लागि जिल्ला अस्पताल तम्घास लैजानेक्रममा बाटोमा नै ज्यान गएको दाजु कैलाश सिं ठकुरीले जानकारी दिनुभयो ।