एकल महिला र उनीहरुका छोराछोरीलाई क्यान्सर उपचारमा छुट
२४ श्रावण २०८०, बुधबार २०:३४
काठमाडौँ :एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोग क्यान्सरको उपचारमा ललितपुरको हरिसिद्धीस्थित ‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने भएको छ।
उक्त विषयमा आज अस्पताल र मानवअधिकारका लागि महिला, एकल महिला समूहबीच समझादारी भएको हो समूहको केन्द्रीय कार्यालय, बूढानीलकण्ठमा भएको कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदीप श्रेष्ठ र समूहका अध्यक्ष कविता पाँडेले सहमतिपत्रमा हस्ताक्षर गरे सो समूहमा करिब ८० हजार सदस्य छन् ।
सम्झौताबमोजिम रेडियोलोजी, ल्याबोरोटरी, श्यया, स्वास्थ्य हेरचाह र निरोगी कार्यक्रममा १० प्रतिशत र रेडिएसन थेरापी र किमोका लागि पाँच प्रतिशत छुट दिइनेछ नेपाल सरकारले जटिल रोगको शल्यक्रियाका लागि रु एक लाखसम्म अनुदान पनि दिँदै आएको छ
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं समूहका संस्थापक अध्यक्ष लिली थापाको उपस्थितिमा भएको कार्यक्रममा अस्पतालले अर्बुद रोगमा ‘वेलनेस प्याकेज’ अन्तर्गत समूहका सदस्यलाई उपचारमा छुट दिने अस्पतालका सञ्चालक सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया