बल्खु तरकारी बजारमा बाढी पस्यो – Nagarikabhiyan : National News

बल्खु तरकारी बजारमा बाढी पस्यो

 काठमाडौं –भारी वर्षाले काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ ।

बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन उनले भने ।
उनका अनुसार तरकारी बजारका ४ सयमध्ये ३७० वटा पसलमा बाढी पसेको छ ।