कार्यवाहक अध्यक्षको जिम्मेवारी भुसाललाई दिएर अध्यक्ष नेपालले गरे विदेश प्रस्थान
२२ श्रावण २०८०, सोमबार ११:०९
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधव कुमार नेपाल विभिन्न कार्यक्रममा सहभागी हुन विदेश प्रस्थान गरेका छन् । सोमबार बिहान साँढे सातबजेको फ्लाइटबाट उनी प्रवासी नेपाली एकता मञ्चले आयोजना गरेको स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायत लगायतका देशहरुमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले जानुअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी कृर्षि तथा पशुपंक्षी विकास मन्त्री समेत रहेका पार्टी केन्द्रीय कमिटी उपाध्यक्ष डाक्टर बेदुराम भुसाललाई दिएका छन् ।
नेपाल नेकपा एस सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले चार राष्ट्रमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी भएर आगामी भदौ १ गते नेपाल फर्किने कार्यक्रम रहको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया