प्रवासी युवाहरुद्वारा देवानगंजकी निराशालाइ ५० हजार सहयोग – Nagarikabhiyan : National News

प्रवासी युवाहरुद्वारा देवानगंजकी निराशालाइ ५० हजार सहयोग

देवानगंज ।  देवानगंज गाउँपालिका–२ की निराशा रौनियारलाई ५० हजार नगद सहयोग गरेका छन । प्रवासी बाँतर युवा एकता समाज उत्थान केन्द्रको आर्थिक सहयोग तथा हिपमत मिडिया हाउस प्रा.लि. को आयोजनामा देवानगंज –२ की फरक क्षमता भएकी निराशा रौनियारलाई ५० हजार नगद सहयोग भएको हो । उनलाई घर बनाउन सो रकम सहयोग गरिएको हो ।

सोमवार निशाकै घर पुगी सो मिडिया प्रा. लि. का अध्यक्ष विरेन्द्र कुमार साह, हिपमत डटकमका प्रधान सम्पादक प्रकाश झा (प्रेमी) हिपमत टिभी एचडीका भिडियो एडिटर निशान कडेल (ग्यालेक्स) युवा समाजिक अभियन्ता पेरिस सुवेदी, नागरिक अभियानका जुगेश दास, युवा सदिक अन्सारी तथा निराशकी छिमेकिहरुको बीच सो रकम प्रदान गरिएको हो । निराशाकै इच्छा अनुसार हिपमत टिमले देवानगंजमै रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलाई सो रकम जम्मा गरेको हो ।

उत्थान केन्द्रका अध्यक्ष रंजित सरदार र सचिव चन्दन सरदारको पहलमा बिदेशमा युवाहरुद्वारा संकलन गरिएको रकम उहाँहरुले हिपमत डटकम मार्फत निराशालाई प्रदान गर्नु भएको छ । यसरि सहयोग गर्नेहरुमा रमेश सरदार महोतरी हाल मलेसिया, संजय सरदार मेघवारी सप्तरी हाल मलेसिया, अभिनन्दन सरदार धनपालथान–५ मोरंग, उमेश कुमार सरदार इनरुवा–सुनसरी, अशे सरदार रंगेली मोरंग हाल मलेसिया, सुरज सरदार कटहरी–७ मोरंग हाल मलेसिया, चनरी कुमारी सरदार इनरुवा–१० सुनसरी, जुगल सरदार कटहरी–७ मोरंग हाल मलेसिया, लक्षमण बाँतर सरदार महोतरी हाल मलेसिया, अनित राय यादव खैरा जलेश्वर महोतरी हाल मलेसिया, बिजय महतो धनपालथान–६ मोरंग हाल मलेसिया, संजय सरदार महादेवा–२ सप्तरी हाल मलेसिया, प्रमोद महतो बिराटनगर–१४ हाल मलेसिया, राजेन्द्र सरदार कंचनरुप–६ सप्तरी हाल कतार, पलट सरदार शम्भुनाथ–१० सप्तरी हाल कतार, रंजित सरदार इनरुवा–१० सुनसरी हाल मलेसिया, चन्दन सरदार धनपालथान–५ मोरंग हाल मलेसियाले सो रकम सहयोग गरेको हो ।

प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालका अध्यक्ष रंजित सरदार र सचिव चन्दन सरदारले अगामी दिनमा समेत हामी र हाम्रो संस्थाले निराशा दिदी जस्तै पिडीतहरुलाई सहयोग गर्न तत्पर रहेको जानकारी दिनु भएको छ । करिब दुई महिना अगाडी हिमपत डटकम र हिपमत टिभी एच डी मार्फत निरशाको दुखत भिडियो तथा सामाचार संप्रेशन गरिएको थियो । जसको प्रभावले प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्दका युवाहरुले सहयोग उपलब्ध गराएका हुन् । यस अघि जीवन विकास संस्थाले समेत खाद्यन्न उपलब्ध गराएको हो । साथै युवा समाजिक अभियन्ता पेरिस सुवेदीको सहयोगमा १५ हजार बराबरको पसलका समानहरु उपलब्ध गराएका हुन् ।