बलात्कारको आरोपमा निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ – Nagarikabhiyan : National News

बलात्कारको आरोपमा निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमाण्डौ (एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेललाई काठमाण्डौको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।