गुल्मीमा घर भत्किँदा ३ जना घाइते – Nagarikabhiyan : National News

गुल्मीमा घर भत्किँदा ३ जना घाइते

गुल्मी :गुल्मीमा घर भत्किदा तीन जना घाइते भएका छन्।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ भेडीखोरका मुक्तबहादुर घर्तीको जस्ताले छाएको कच्चीघर भत्किँदा निजका ९ वर्षीय छोरा हिक्मत घर्ती, १२ वर्षीया छोरी करिस्मा घर्ती र स्थानीय देउवा परियारका १० वर्षीय अम्मर परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घाइतेहरुको मदाने सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।