करेन्ट लागेर गोरखामा एक जनाको ज्यान गयो – Nagarikabhiyan : National News

करेन्ट लागेर गोरखामा एक जनाको ज्यान गयो

गाेरखा –करेन्ट लागेर गोरखामा एक जनाको ज्यान गएको छ । मङ्गलवार बिहान करेन्ट लागेर शहीद लखन गाउँपालिका–७ थापागाउँका ४० वर्षका राममणि थापाको ज्यान गएको हो ।

शहीद–लखन ७ बाह्रबिसेकी शान्ता तिवारीको कुखुरा फार्ममा विद्युतीय तार शर्ट भएर करेन्ट लाग्दा थापा गम्भीर घाइते हुनुभएको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गोरखा अस्पतालमा ज्यान गएको गोरखाका प्रहरी नायब उपरीक्षक डीएसपी रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

कुखुरा फार्म नजिकै रहेको हाते ट्र्याक्टर निकाल्ने क्रममा थापालाई करेन्ट लागेको उहाँले जानकारी दिनुभयो ।