पहिरोमा परेर बैतडीकाे पुर्चौडीमा आमा छोराको ज्यान गयो – Nagarikabhiyan : National News

पहिरोमा परेर बैतडीकाे पुर्चौडीमा आमा छोराको ज्यान गयो

८   साउन देवानगञ्ज । बैतडीको पुर्चौडी नगरपालिका(२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान गएको हो ।

पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।उहाँकाे उपचार भइरहेकाे चाैधरीले बताउनु भयाे ।