आ–आफ्नो पसल थापेर बसेका कम्युनिस्टहरूलाई एकताबद्ध गर्नुपर्छ माधव नेपाल
७ श्रावण २०८०, आईतवार १९:४७
काठमाण्डाै –नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा आइतवार कीर्तिपुरमा भएको कार्यक्रममा अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताउनुभयो । उहाँले कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन् त्यति धेरै नोक्सान हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाउँ भनेर जोड दिनुभयो । सबै कम्युनिस्ट पार्टीहरू आ–आफ्ना पसल थापेर बसेका छन्, आ–आफ्नै पाराले चलिरहेका छन् । कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्नुपर्छ । जति हामी विभाजित बन्छौँ त्यत्ति धरै नोक्सान हुन्छ । कम्युनिस्ट आन्दोलनको एकता, एकताबद्ध बनाउनका निम्ति हाम्रो तर्फबाट प्रयत्न हुनेछ ।’
अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गराउन आफू सकारात्मक रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया