नेताहरूलाई खुइल्याउने काम नगर्न डा। प्रकाशशरण महतको आग्रह – Nagarikabhiyan : National News

नेताहरूलाई खुइल्याउने काम नगर्न डा। प्रकाशशरण महतको आग्रह

काठमाडौं :नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन्।
आइतबार पार्टीको केन्द्रिय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गालि गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए। उनले आपसमा गालिगलौज नगरी एकतावद्ध भएर अगाडि बढेमा कांग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए। उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए।

आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन। हाम्रो पार्टीको दृष्टिकोण छैन। हाम्रो पार्टीको मिशन छैन। हाम्रो पार्टीको भिजन छैन त्यो होइन। हाम्रो पार्टीको मिसन छ। हामी हाम्रो पार्टीप्रति गर्व गर्छौं। उच्च मनोबलका साथ जनतामा जान्छौँ। हामी त खत्तम भइसक्यौँ। हाम्रो अब भविष्य छैन। फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो। ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनाआधार जुन बिस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौँ। त्यो पूरा हुन सक्दैन’, उनले भने,

त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालिगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट बिरोध गर्नेकुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन। त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी संगठनमा लाग्यौँ भने, जनताको बिचमा गयौँ भने नेपाली कांग्रेसलाई कसैले रिप्लेश गर्न सक्दैनँ। त्यसमा दुईमत छैन। त्यसैले मुलभुत रुपमा पार्टीमा अनुशासनको आवश्यकता छ। र अनुशासनको लागि हाम्रो पार्टी हो।‘

उनले पार्टीमा मतभिन्नताहरू हुन सक्ने, एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला। तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई आफूहरूले सघाउनुपर्ने बताए।