डोटीका नौ वटा पालिकामा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिजु – Nagarikabhiyan : National News

डोटीका नौ वटा पालिकामा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिजु

डोटी –डोटीमा आर्थिक वर्ष ०७९र०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ ।
जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई रुपैयाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार चार सय ६० रुपैयाँ खर्च भएको छ । एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल रकममा चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ कुल सात अर्ब नौ करोड ९७ लाख ६३ हजार दुई सय दुई रुपैयाँमध्ये ६ अर्ब ७० करोड ४७ लाख ६३ हजार सात सय ९० रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल दुई अर्ब ९२ करोड ८ लाख ३६ हजार रुपैयाँमध्ये दुई अर्ब २८ करोड ६५ हजार ६ सय ७० रुपैयाँ मात्र खर्च हुन सकेको समेत कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

चालुतर्फ ९४ दशमलव ४४ प्रतिशत र पुँजीगततर्फ हेर्दा ८९ दशमलव ६६ प्रतिशत खर्च भएको देखिन्छ । नौ वटा पालिका रहेको डोटी जिल्लामा सायल गाउँपालिकाको सबैभन्दा बढी रकम फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धामीले बताउनुभयो । आर्थिक वर्ष ०७९र०८० मा सायल गाउँपालिकामा चालु र पुँजीगतमा भएको निकासामध्ये चार करोड नौ लाख ४१ हजार रकम खर्च हुन नसकी फ्रिज गएको छ ।

यस्तै, डोटीमा सबैभन्दा कम केआईसिंह गाउँपालिकाको रकम फ्रिज गएको छ । चालु र पुँजीगत गरी कुल बजेटको एक करोड ८० लाख ६२ हजार ७९ रुपैयाँ खर्च गर्न नसकी फ्रिज गएको कार्यालयले जनाएको छ ।