प्रधानमन्त्री दाहाल आज इटाली जाँदै – Nagarikabhiyan : National News

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं : संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज शनिबार इटाली जाँदैछन्।
नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।