अब लाठी बन्दुक बोकेर गरिने ड्युटीु बाट मात्र प्रहरीले जस पाउन सक्दैन आईजीपी कुँवर
५ श्रावण २०८०, शुक्रबार २०:४८
काठमाण्डाै –प्रहरी महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले परिवर्तित सन्दर्भमा नेपाल प्रहरीले आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी रहेको बताउनुभएको छ । सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने भएकाले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमहरूलाई बुझ्नका लागि पनि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।
शुक्रवार काठमाण्डौमा वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीडा। मनोजकुमार केसीद्वारा लिखित पुस्तक ‘इन्ह्यान्सिङ पोलिसिङ इन नेपाल ह्यूमन सेक्युरिटी इन्फम्ड एप्रोज, कन्सेप्ट एण्ड इम्पिलीकेशन’ को विमोचनमा आईजीपी कुँवरले अबको जमानामा लाठी, बन्दुक बोकेर गरिने ुड्युटीु बाट मात्र नेपाल प्रहरीले जस पाउन नसक्ने स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, आफ्नो स्थापनाकालदेखि अहिलेसम्म नेपाल प्रहरी यो देशका हरेक सङ्घर्ष र परिवर्तनको साछी रहेको छ । यी परिवर्तनहरूले हामीलाई के सिकाएको छ भने प्रहरीले समाज र समयको ढुकढुकी बुझ्न जरुरी छ । अबको जमानामा लट्ठी, बन्दुक बोकेर गरिने ड्युटीबाट मात्र प्रहरीले जस पाउन सक्दैन । सुरक्षाजस्तो संवेदनशील विषयमा काम गर्नुपर्ने भएकोले प्रहरीले कानुन, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ । त्यसका लागि आफ्नो अध्ययन र बुझाइको दायरालाई बृहत् बनाउन जरुरी छ ।’
आईजीपी कुँवरले द्वन्द्वपछिको सङ्क्रमणकालीन समयमा हुने सुरक्षा समस्या र त्यसको समाधानका लागि केसीद्वारा लिखित पुस्तक उपयोगी हुने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले पुस्तकको अनुकरण र अनुशरणबाट नेपाल प्रहरीको विकास र रूपान्तरणका लागि कोशेढुङ्गा सावित हुने बताउनुभयो
कार्यक्रममा पुस्तकका लेखक केसीले पुस्तक प्रहरी अनुसन्धानको कामलाई थप प्रभावकारी बनाउन सहयोगी हुने धारणा व्यक्त गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया