कञ्चनपुरमा अपराधको जालोः ७२ फरार अपराधि पक्राउ, ९७५ विरुद्ध मुद्दा
५ श्रावण २०८०, शुक्रबार १४:५९
धनगढीः कञ्चनपुर जिल्लाभित्र विभिन्न प्रकृतिका अपराध बढेको प्रहरीले दिएको तथ्यांकबाट खुलेको छ। आर्थिक वर्ष २०७८र७९ मा अदालतबाट दोषी ठहर भएका ६३ जना प्रतिवादी अपराधि लाई प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको थियो भने यो संख्या आर्थिक वर्ष २०७९र८० सम्म आइपुग्दा ७२ नाघेको छ।
अझ अदालतबाट दोषी ठहर भएर फरार रहेकाहरु सयौँको संख्यामा छन्। बहुविवाह, लागुऔषध, चोरी डकैती, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग लगायत गरेर कञ्चनपुरमा एकपछि अर्को अपराधका घटना बढ्दै गएको पाइएको हो। विभिन्न प्रकृतिका अपराधमा संलग्न विरुद्ध २०७८ सालमा ८ सय ७५ मुद्दा दायर भएकोमा ६ सय ७ मुद्दा मात्र किनारा लागेर बाँकी दुई सय ६८ मुद्दाको अन्तिम सुनुवाई हुन बाँकी नै थियो।
यो संख्या २०७९ मा आएर झन बढेको छ। सो अवधिसम्म विभिन्न प्रकृतिका अपराधमा संलग्न विरुद्ध ९ सय ७५ मुद्दा दायर भएकोमा तीन सय ८ मुद्दाको अझै सुनुवाई भएको छैन्। जिल्लाभित्र दुई वर्षको अवधिमा मात्र एक हजार ८ सय ५० पीडक विरुद्ध पीडितले सम्वन्धित निकायमा मुद्दा दायर गरेकोमा पाँच सय ७६ पीडित अन्तिम न्यायको सुनुवाइको पर्खाइमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया