लम्पी स्किनको महामारी स् मर्न थाले याक र चौंरी – Nagarikabhiyan : National News

लम्पी स्किनको महामारी स् मर्न थाले याक र चौंरी

गाईभैंसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग रसुवाका उच्च क्षेत्रमा रहेका चौंरी गोठहरुमा समेत देखापरेको छ।
लम्पी स्किन रोगका कारण एक याकसहित २१ वटा चौंरी मरेको गोसाँईकुण्ड गाँउपालिका पशु सेवा शाखाका प्रमुख सुरेश बडालले जानकारी दिए।

जिल्लाको गोसाँईकुण्ड गाँउपालिका ५ को चोलाङ्पाटी तथा ६ नम्बर वडाको पाङ्लिङ खर्कका चौंरी गोठहरुमा रहेका चौरीहरुमा लम्पी स्किन देखा परेको छ। ३ हजार मिटर देखि ३ हजार ८ सय मिटर उचाइमा चरणका लागि लगिएका चौंरीमा लम्पी स्किनको प्रकोप देखिए पछि यहाँका किसान चिन्तित भएका छन्।

रोगको लक्षण देखिएका पशुहरुलाई लक्षणका आधारमा सामान्य तया ज्वरो नियन्त्रण गर्ने औषधि, खाना रुचि गराउने औषधि आवश्यकताकाअधारमा एन्टीबायोटिक र छालाको संक्रमण नियन्त्रण गर्न एन्टीसेप्टिक औषधिको प्रयोग गरिदै आएको पशुशाखा कार्यालयले जनाएको छ।

गोसाँईकुण्ड गाँउपालिकाको यस क्षेत्रमा दुई दर्जन गोठका ७ सय भन्दा बढी चौंरी मध्य असारमा चरणका लागि सो क्षेत्रमा लैजाने गरिन्छ। महामारीका रुपमा फैलिएको लम्पी स्किनका कारण देशभरबाट झण्डै ३० हजार पशु चौपाया मरेका छन् भने ७ लाख बढी संक्रिमत भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।