जिल्ला नगर केन्द्रिय तथा पालिका अन्तर सम्वाद कार्यक्रम विराटनगर – Nagarikabhiyan : National News

जिल्ला नगर केन्द्रिय तथा पालिका अन्तर सम्वाद कार्यक्रम विराटनगर

विराटनगरमा आज जिल्ला नगर क्षेत्रिय तथा पालिका अन्तर सम्बाद कार्यक्रम आयोजना भएको छ ।
राप्रपा मोरङ जिल्लाका अध्यक्ष गोपाल कटुवालको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा महामन्त्री प्रलाद साह ,केन्द्रिय प्रवक्ता भक्ती सिटौलाको उपस्थिती रहेको थियो ।

यसका साथै केन्द्रिय सदस्य केदार कोईराला , बिस्वमोहन थापा , केन्द्रिय सह प्रवक्ता दिनेश साह , कोशी प्रदेश सचिब भरत पोखरेल , निवर्तमान जिल्ला अध्यक्ष माधव आर्चाय लगायत जिल्ला भरीको अगुवाहरुको पनि सहभागिता रहेको थियो ।
देशमा राजालाई जसरी भएनी ल्याउने र संघियता खारेज हुनुपर्ने अध्यक्ष गोपाल कटुवालले भने । उनी भन्छन् ‘हाम्रो पाटि एक हुन आवस्यक छ र त्यसका लागि सबैको साथ र सर्मथनको निकै जरुरी रहेको छ ।’ यसलाई शक्तीशाली बनाउनका लागि चुनावको मध्यमबाट अघि बढ्नु पर्ने र दशै तिहार पछि आन्दोलको बाटो अपनाउनु पर्ने अवस्यकता रहेको बताउछन् । राजनिती के हो भन्ने हामीले सबै सिकाउन सक्नु पर्ने उनले बताए ।

यसका साथै झापा जिल्ला अध्यक्ष केशव ओझाले झापाको तर्फ बाट शुभकामाना व्यक्त गरेको छन् । उनि भन्छन् , ‘पार्टिको राम्रो भुगोल बनाउनका लागि हरेक वडामा वडा समिती बनाउनु भन्दा अगाडी हामीले हरेक टोलमा रहेको टोल विकास समितीमा जान आवस्यक छ र हरेक टोल विकासको कार्यकर्ताहरुलाई समेटेर वडा समिती बनाए पस्चात हाम्रो भुगोल बन्न सक्ने छ । ’ आम सर्वसाधरणहरुको पिडा बुभm्नका लागि सर्वसाधरणहरुको ढोका सम्म पुग्न आवस्यक रहेको छ ।

झापामा राप्रपाले हरेक पार्टीको निगरानी गरिरहेको र भष्ट्रचार गर्नेहरुको बिरद्धमा आवाज उठाईरहको उनले जानकारी दिए । ६ दिन सम्ममा ४२ जना कार्यकताहरुलाई प्रशिक्षण तालिमको आयोजना गरेको र त्यसको लागि केन्द्रियको निर्देशन छिटै पहल हुनेछ भन्ने कुरालाई पनि उनले जोड दिए । झापाबाट मोरङलाई हरेक किसिमको सहयोग गर्न तयार रहेको र मोरङ जिल्ला लाई कसरी अब्बल बनाउने भन्ने बिषयमा तत्पर रहेको बताए ।