अवैध सुन तस्करीमा आफुलाई मुछेको भन्दै मल्होत्राले गरे पत्रकार सम्मेलन
४ श्रावण २०८०, बिहीबार १८:५५
काठमाडौं । व्यवसायी दिपक मलहोत्राले अवैध सुन प्रकरणमा आफ्नो फोटोसहित नयाँ पत्रिकाले समाचार छापेको प्रति आपत्ती जनाएका छन् । उनले बिहीबार पत्रकार सम्मेलन गराउँदै नयाँ पत्रिकाले छापेको समाचार कपोकल्पित रहेको बताएका हुन् ।
उनले बुधबार त्रिभुवन विमानस्थानबाट भित्रिएको एक क्वीन्टर सुनमा आफ्नो कुनैपनि संंलग्नता नभएको बताए । उनले भने,‘सुन ल्याउने गिरोहलाई जोगाउनलाई नै मेरो नाम जोडिएको हुनुपर्छ, ‘सुन ल्याउने व्यक्तिहरुसंग मेरो कुनै पनि चिनजान छैन ।’
नयाँ पत्रिकाले असत्य र कपोकल्प्ति समाचार छापेको दावी गर्दै उनले उक्त समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने माध्ययमले माफी माग्नुपर्ने बताएका छन् । यदि माफि नमागेको खण्डमा आफु कानुनी बाटोमा जाने चेतावनी समेत दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया