कञ्चनपुरको बञ्जरिया खोलाको कल्भर्ट भत्किँदा आवागमन ठप्प
२ श्रावण २०८०, मंगलवार ११:३३
कञ्चनपुर – लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० मा रहेको बञ्जरिया लापनिया खोलामा निर्माण गरिएको कल्भर्ट पुल भत्किएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण कल्भर्टको पूर्वतर्फको भाग भत्किएको हो ।
एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट भत्किएको छ । २६ वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।
कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ स्थानीय बासिन्दा चुडामणि जोशीले भन्नुभयो,कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उहाँले बताउनुभयो ।
सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियोु, स्थानीय गगनबहादुर साहुले भन्नुभयो,नाली भएकै ठाउँबाट कल्भर्ट भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ सालमा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भइ विसं २०५८ मा सम्पन्न भएको बताउनुहुन्छ ।
कल्भर्ट निर्माण गर्ने क्रममै खोलामा दलदल हुँदा एकातर्फको भाग भत्किएको थियोु, उहाँले भन्नुभयो,भत्किँदा केही महिना कल्भर्ट निर्माणकार्य रोकियो, बजेट थप गरेर पुल पुनःनिर्माण गरिएको हो ।
उहाँका अनुसार त्यो बेला जिल्ला विकास समितिले ठेक्का प्रक्रियाबाट कल्भर्ट १२ लाख रुपैयाँको लागतमा बनाएको थियो ।पहिला अहिलेजस्तो पाइलिङ गर्ने प्रविधि थिएनु, उहाँले भन्नुभयो, इँटाको पिलर बनाएर कल्भर्ट बनाइने गरेको थियो, धेरै वर्षसम्म कल्भर्ट मर्मत नहुँदा भत्किएको छ नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया