एमाले सचिवालय बैठक सुरू – Nagarikabhiyan : National News

एमाले सचिवालय बैठक सुरू

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।
ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा सुरू भएको बैठकमा अहिले भइरहेको राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजन अनुसार कामको मूल्याङ्कन, पार्टी स्कुल विभाग, पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

सचिवालय बैठकको तयारी स्वरूप अध्यक्ष केपी शर्मा ओलीले गत बुधबार र बिहीबार पार्टीका उपाध्यक्षहरूसँग छलफल गरेका थिए।

उपाध्यक्षहरूले आफूले जिम्मा पाएका विभागहरूको कामका बारेमा ब्रिफिङ गरेका थिए। दुई दिनको छलफलमा ब्रिफिङ गर्न नभ्याएकाले आजको सचिवालय बैठकमा ब्रिफिङ गरेपछि छलफल अघि बढ्ने बताइएको छ।

एमालेले संगठन सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म मिसन ग्रासरूट अभियान चलाएको थियो। अहिले नेतहरूलाई फरक भूगोलमा कार्यक्षेत्रको जिम्मा दिएर संगठन सुदृढीकरण र परिचालन अभियान चलाइको छ ।

शनिबारको बैठकमा संगठन सुदृढीकरण र परिचालन अभियानको पनि समीक्षा हुने नेताहरूले बताएका छन् ।