बालुवाटार पुगेर लुले दिए प्रधानमन्त्रीलाई समवेदना
३० असार २०८०, शनिबार ०६:२९
काठमाडौं : नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
शुक्रबार साँझ बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई भेटेका हुन्। भेटका क्रममा उनले पत्नीशोकमा रहेका प्रचण्डलाई समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पण गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया