तत्काल निर्वाचनको वातावरण नबनाए सबै सेवा रोक्ने रेडक्रसकर्मीहरुको चेतावनी – Nagarikabhiyan : National News

तत्काल निर्वाचनको वातावरण नबनाए सबै सेवा रोक्ने रेडक्रसकर्मीहरुको चेतावनी

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले तत्काल निर्वाचनको वातावरण नबनाए सबै सेवा रोक्ने भन्दै सम्वन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ । बुधवार माइतिघर मण्डलामा प्रदर्शन गर्दैै तत्काल निर्वाचनको वातावरण नबनाए देशभर प्रदान गरिने रेडक्रसको सबै सेवाहरु रोक्ने चेतावनी दिएको हो ।

प्रदर्शनमा सहभागीले निर्वाचनको वातावरण नबन्दा रक्त सञ्चार सेवा, एम्बुलेन्स लगायत सोसाइटीले सञ्चालन गरिरहेका सम्पूर्ण सेवा पूर्णरुपमा बन्दहुने अवस्थामा आएको बताए ।

प्रदर्शनमा डोटी जिल्ला शाखाका निवर्तमान सभापति लक्ष्य राम कोरले उच्च अदालतको आदेशले निर्वाचन रोकिएको हुदाँ सरकारको ध्यानाकषर्ण गर्नको लागि प्रदर्शनमा उत्रिएको भन्दै रेडक्रस जस्तो मानवीय संस्थालाई यस्तो अस्थिरतामा राख्न नहुने बताए ।

उनले भने्, ‘काठमाडौंबाट निर्वाचन सम्पन्न गर्न प्राप्त निर्देशन अनुसार यही असार २७ र २८ गते काठमाडौंमा निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रीय सभाको बिशेष महाधिवेशन आयोजना गरि नियमानुसार ७ प्रदेश समिति र ७६ जिल्ला शाखाहरुबाट प्रतिनिधि छनौट भई काठमाडौ आईसकेको थियो । असार २५ गते आएको उच्च अदालतको आदेशले सो निर्वाचन रोकियो त्यसैले हामी सरकारको ध्यानाकर्षण गराउँन यहाँ आएका हौं ।’

अदालतले २९ गते यसको निष्कर्ष निकाल्ने निर्णय गरेको हुदाँ २९ गतेसम्म आफ्नो सबै गतिविधिहरु रोक्न लागेको निवर्तमान सभापति कोरले बताएका छन् ।