सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पेरिस डाँडामा राखियो – Nagarikabhiyan : National News

सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पेरिस डाँडामा राखियो

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्व. सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा राखिएको छ। बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा ८:३३ बजे निधन भएको हो।

अन्तिम श्रद्धाञ्जलि दिन राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु पुगेका छन्। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिइन्।

आज भने हृदयाघात भएपछि बिहान ८ बजे अस्पताल पुर्‍याइएको थियो। आकस्मिक कक्षमा सिपिआर लगायतका विधिबाट उपचार गरिएको थियो।

उनको पार्थिव शरीर श्रदाञ्जलिका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ।