१ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पक्राउ – Nagarikabhiyan : National News

१ लाख रुपैयाँ घुससहित सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पक्राउ

काठमाण्डाै –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृतलाई घुससहित पक्राउ गरेको छ ।

आयोगको टोलीले सडक डिभिजन कार्यालय सिरहाका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा आज मङ्गलवार पक्राउ गरेको हो । सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पोखरेललाई आयोगले कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पोखरेलसँग आवश्यक अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताउनुभयो ।