६ जिल्लामा ६ जना मृत अवस्थामा फेला – Nagarikabhiyan : National News

६ जिल्लामा ६ जना मृत अवस्थामा फेला

काठमाडौं :देशका ६ जिल्लामा ६ जना मृत फेला परेका छन्।
सुनसरी, धरान उपमहानगरपालिका(१५ दन्तकाली चोक बस्ने ३८ वर्षीय पुकार श्रेष्ठ आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

रौतहट, दुर्गा भगवती गाउँपालिका(२ बस्ने ४० वर्षीय बिरेन्द्र बैठा सोही ठाउँस्थित डोटी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन्।
कैलाली, घोडाघोडी नगरपालिका(६ काट्याखोलामा बर्दगोरीया गाउँपालिका(४ बस्ने ६६ वर्षीय फुलराम डगौरा सोमबार मृत अवस्थामा फेला परेका छन्।
बाँके, कोहलपुर नगरपालिका(११ बसपार्क नजिकै बाटो छेउमा सोही नगरपालिका(३ किरणनाला बस्ने ६५ वर्षीय बिर बहादुर बुढा सोमबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका(६ अत्रौलीस्थित कालीगण्डकी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।
रुपन्देही, बुटवल उपमहानगरपालिका(११ मझुवास्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन्।