अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ – Nagarikabhiyan : National News

अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ

२४असार देवानगञ्ज-  कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–२ बसपार्क अत्तरिया बाट १९० मिलीग्राम लागुऔषधसहित सोही ठाँउका २१ वर्षीय पारस वली पक्राउ परेका हुन्।

उनलाई आज दिउँसो पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको जनाएको छ।