सन्देश शर्माको बयान( आफू जोगिनका लागि टेलिफोनमा आरजु र मञ्जुको नाम लिएँ
२४ असार २०८०, आईतवार १९:२९
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएको भन्ने अडियो सन्देश शर्माको भए पनि उक्त आरोप भए भने झुटा भएको खुलेको छ। यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई साढे दुई करोड र ६ करोड रकम लिएकोु आरोप लगाउँदै अडियो बनाइएको थियो। उक्त अडियो सार्वजनिक भएपछि कांग्रेस सांसदसमेत रहेकी आरजुले आफू त्यस्तो कुनै गतिविधिमा संलग्न नभएको भन्दै अडियो एनिमेटेडु भएको भन्दै उजुरी दिएकी थिइन्।
उक्त उजुरीमाथि अनुसन्धान गर्ने क्रममा सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरी नायब उपरीक्षक कुवेर कडायतले जानकारी दिएका छन्। शर्मा हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।
अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ। उनले यसअघि नै अडियोको आवाज आफ्नो भए पनि जाहेरवालाको योजनाअनुसार नै आरजु र मञ्जुको नाम लिएपछि जोगिनका लागि नाम लिएको स्वीकार गरेका हुन्। यद्यपि अडियोमा पैसा दिएको भन्ने आवाज भएका शर्माले आफूलाई जोगाउने आश देखाएर उक्त अडियो बनाउन लगाएको स्वीकार गरेका छन्।
उनले आफूलाई गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले योजना बनाएर उक्त अडियो बनाउन लगाएको स्वीकार गरे पनि आरजु र मञ्जुलाई पैसा दिएको कुरा भने झुटो भएको बताएका छन्। उनले भनेका छन्, ुजाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारिसके। निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं।
सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएको छौं भनी जानकारी गराइदिनु भयो भने बच्छौ भनी पहिले नै भनेका थिए,’ उनले भनेका छन्, ‘त्यहीअनुसार मैले फोन गरेको हुँ। पहिले नै उनीहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुँदा उनीहरुले भनेअनुसार आरजु देउवा तथा बालकृष्ण खाण र तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराइदिनु भनेर मञ्जु खाणको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो।’
उनले आरजु र मञ्जुलाई आफूले चिन्दै नचिन्ने भएकोले यति धेरै रकम नगदै बिनाकाम दिने कुरै नभएको पनि बयानमा बताएका छन्। उनले थप भनेका छन्,उक्त कुरा वास्तविक होइन। जाहेरवालाहरुले भन्नु भनेअनुसार मात्र भनेको हुँ। मैले निजहरुलाई चिनेको छैन, चिन्दै नचिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदै बिना दिने कुरै भएन
अडियोमा आवाज सन्देश शर्माको भए पनि अडियो कसरी तयार भयो भनेर टिकटक सिंगापुरलाई पत्राचार गरे पनि थप जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया