देवानगञ्ज गाउँपालिकामा अध्यक्ष बेचन प्रसाद मेहताको शिक्षा क्षेत्रमा सुधारको प्रयास जारी – Nagarikabhiyan : National News

देवानगञ्ज गाउँपालिकामा अध्यक्ष बेचन प्रसाद मेहताको शिक्षा क्षेत्रमा सुधारको प्रयास जारी

देवानगञ्ज  । सुनसरीको  देवानगञ्ज गाउँपालिकामा शिक्षा क्षेत्र सुधारको लागि निरन्तर प्रयास जारि रहेको छ । जस अनुसार वडा नम्बर १ मा रहेको सारदा अधारभुत विधालयमा आज (शनिवार ) देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको उपस्थितिमा बृहत अभिभावक भेला सम्पन्न भएको छ ।

भेलामा स्थानीयहरू आफ्ना समस्याहरू गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता समक्ष राखेका थिए । अभिभावकहरुले शिक्षकहरुले राम्रो संग पठन पाठन नगरेको र विद्यालयका शिक्षकहरु समयमा नआउने गरेको गुनासो अध्यक्ष समक्ष राखेका थिए ।

देवानगंज गाउँपालिकामा बृहत अभिभावक भेला गरेर अभिभावहरुको गुनासो सुने बेचन प्रसाद मेहता पहिलो जनप्रतिनिध भएको स्थानिय सोनित मेहताले बताउनु भयो । मेहताका अनुसार यसरी सार्वजनिक रुपमा अभिभावकहरु लाई भेला गरि शिक्ष विधार्थीको समस्या बुझन पालिका अध्यक्ष आउँदा शिक्षा क्षेत्र सुधार हुने विश्वास व्यत्त गर्नु भयो ।

स्थानीय अभिवाकहरूको समस्या सुने पछि पालिका अध्यक्ष बेचन प्रसाद मेहताले सवै समस्या समाधन गरेर विधालय लाई नमुना विधालयको रूपमा चिनाउने प्रतिवद्वता व्यक्त गर्नु भएको छ। विद्यालयमा नियमित रुपमा पठन पाठन गाराउन शिक्षकहरु लाई निर्देशन समेत दिनु भएको छ ।
शिक्षा क्षेत्रलाई सुधार गर्न कुनै कसर बाकि नराख्ने समेत बताउनु भएको छ । शिक्षा क्षेत्र लाई सुधार गरेर गाउँपालिकाको सातै वडामा एउटा एउटा नमुना विद्यालय बनाउने समेत बताउनु भएको छ ।