गुडिरहेको बसमा करेन्ट लागेर घाइते भएका बसधनीको उपचारका क्रममा ज्यान गयो
२१ असार २०८०, बिहीबार २१:०७
दाङ –सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर घाइते भएका बसधनीको उपचारका क्रममा ज्यान गएको छ । आज बिहीवार दिउँसो पौने १ बजेतिर बसधनी सल्यानको छत्रेश्वरी गाउँपालिका–६ का ३५ वर्षीय महेन्द्र वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभयो ।
आज बिहान साढे १० बजेतिर राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक लत्रिएको बिजुलीको तारले रा १ ख ८३४ नम्बरको बसलाई छुँदा करेन्ट लागेको थियो । करेन्ट लागेर रोल्पा गंगादेव गाउँपालिका–४ का ७० वर्षीय बालराम डाँगी र उहाँका छोरा ४० वर्षीय टोपीलालको घटनास्थलमै ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया