एसईईमा ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी साढे २२ हजार
२१ असार २०८०, बिहीबार १६:०८
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३।६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४।६३ प्रतिशत हो ।
![]()
यसैगरी कार्यालयका अनुसार ३।२० देखि ३।६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११।३६ प्रतिशत हो ।
कार्यालयले एसईई परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया