सुनको भाउ आज सामान्य घट्यो – Nagarikabhiyan : National News

सुनको भाउ आज सामान्य घट्यो

काठमाण्डाै –सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँ तोकिएको छ ।

हिजो एक लाख १० हजार एक सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने स्थिर छ ।
चाँदी हिजोको जस्तै तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।