धनगढीमा विजय चौधरी मृत्यु प्रकरणः यस्तो छ घटना
१८ असार २०८०, सोमबार ११:३४
असार १८, देवानगञ्ज । गत जेठ २५ गते धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरमा विजय चौधरी मृत भेटिए। जेठ २४ गते दिनभर घर नजिकै मजदुरी गरेका विजय २५ गते बिहान ७ बजे घरबाट करिब सात किलोमीटर पूर्व–दक्षिण मृत भेटिएका हुन्। खेतमा काम गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले बेवारिसे शवको मुचुल्का बनाएर शव उठाएको थियो।
विजय चौधरीको घर धनगढी–१८ क्याम्पस टोलमा छ। घरभन्दा १५ मिटर दक्षिण ओम शान्तीको भवन निर्माण भइरहेको छ। त्यहीँ भवनमा विजय मजदुर गर्थे। विजयसँगै सुनिल चौधरी र दिनेश चौधरी पनि त्यहीँ काम गर्थे। साँझ छुट्टी भएपछि विजय, सुनिल र कोचु भनिने हनुमान चौधरी फूलवारी क्याम्पस अगाडि राजेन्द्र बोहराको होटलमा पार्टी गर्न बसे। उनीहरूले त्यहाँ खानपिन गरेका थिए। खानपिनपछि कहिले उनीहरू त्यहाँबाट निस्के त्यो समय एकिन नभएको विजयका परिवारले बताए।
२४ गते विजयले आफ्नो मोबाइल घरमै छोडेका थिए। राति ११ः०२ मा सुनिलको मोबाइलबाट विजयको मोबाइलमा ४ पटक फोन आएको थियो। राति आएको फोन विजयी पत्नी सीमाले थाहा पाइनन्। सीमा विजय साथीहरूसँग गएकाले पछि घर फर्केर आइ हाल्लान् भन्ने ठानेर ढुक्क थिइन्। त्यसैले उनले विजय घरमा नआउँदा पनि त्यति मतलब नगरेको बताइन्। बिहानसम्म पनि विजय घर नआउँदा सीमाले विजयको मोबाइल हेर्दा सुनिलको फोनबाट राति ४ पटक फोन आएको थाहा पाइन्।
बिहान ५ बजे सुनिललाई सीमाले फोन गर्न खोज्दा फोन लागेन। बिहान सात बजे सुनिलको मोबाइलमा एक पटक सम्पर्क भए पनि फोन उठेन। जेठ २५ गते बिहान ८ बजेसम्म पनि विजय घरमा नआएपछि सीमा विजयबारे सोधपुछ गर्न उनी काम गर्दै आएको ओम शान्ती भवनमा पुगिन्। काम गर्ने ठाउँमा भेटिएका गेटलाल चौधरीलाई विजयबारे सोधपुछ गर्दा उनले दिनेश र सुनिलसँग विजय गएकाले उनीहरूलाई नै सोधपुछ गर्नु भन्ने जबाफ दिए।
त्यसपछि सीमा दिनेश चौधरीको घरमा गएर विजयबारे सोधपुछ गर्दा दिनेशले आफूलाई थाहा नभएको प्रतिक्रिया दिएको सीमाले बताइन्। ‘म बिहान दिनेश दाइको घरमा सोध्न गए। उनी घरभित्र थिए’ उनले भनिन्, ‘मैले तपाईको भाइ कता छन् भन्दा उनले घर जान्छु भन्दै थियो भने तर थप कुरा केही बताएनन्।’

फेसबुकबाट तपाईको प्रतिक्रिया