पुर्विचौकी गाउँपालिकाका किसानलाई रोपाइँको चटारो , पानी र मल अभाव – Nagarikabhiyan : National News

पुर्विचौकी गाउँपालिकाका किसानलाई रोपाइँको चटारो , पानी र मल अभाव

राज बोगटी असार १३ देवानगञ्ज ।  पानी पर्न थालेसँगै किसानलाई धान रोपाइँको चटारो शुरु भएको छ ।सुदूरपश्चिमलगायत केही जिल्लामा पहाडी र तराईका जिल्लामा रोपाइँ भैरहेको छ भने पानीको अभाव हुँदा रोपाइँमा असर परेको छ ।
रोपाइँका लागि पर्याप्त पानी नहुँदा किसान मर्कामा परेका छन् रोपाइँ गर्न थालेको पुर्विचौकी गाउँपालिकाका लगायतका किसानले गुनासो गरेका छन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख खगेन्द्रप्रसाद शर्माका अनुसार कति ठाउँमा भने वर्षा नभएकाले अहिलेसम्म झण्डै १२ प्रतिशतमा रोपाइँ भएको छ ।
यस्तै, रोपाइँ शुुरु भइसक्दासमेत रासायनिक मल नपाएको किसानको गुनासो छ ।

सरकारले यसपटक धान बालीमा मलको अभाव नहुने दाबी गर्दै आए पनि किसानले मकै र धानका लागि पर्याप्त मल पाएका छैनन् ।
आम्दानी गर्ने र जीविका चलाउने मुख्य बालीका रुपमा बर्खे धान बालीलाई लिइन्छ ।
मल र सिँचाइको अभावले मुख्य बालीको उत्पादनमा असर पर्न सक्ने पुर्विचौकी गाउँपालिकाका किसानको गुनासो छ ।

उच्च पहाड अछामलगायत आसपासका क्षेत्रमा रोपाइँ सकिएको छ । पुर्विचौकी गाउँपालिकाका किसानले बताएकाछन्