भिरबाट लडेर एक जनाको ज्यान गयो
१२ असार २०८०, मंगलवार १२:२६
देवानगञ्ज – गोरखामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतवार जङ्गलमा काठ लिन भनेर गएका गुरुङलाई अमलेमा रहेको जङ्गलमा सोमवार मृतावस्थामा फेला पारेको बताउनुभयो।
गुरुङको काठ लिएर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया