काठमाडौं महानगरपालिकामा व्यवसाय गर्दै हुनुहुन्छरु कुनमा कति कररु
११ असार २०८०, सोमबार ०६:५६
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करका दर तोकेको छ। अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० नगरसभामा प्रस्तुत गर्दै महानगरले करका दर तोकेको हो।
महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो। महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हल्का पेय पदार्थ उद्योग कोकाकोला, पेप्सीकोला र फ्रुटी आदिघरेलुमा दर्ता भएका ५० हजार रुपैयाँ कर तिर्नुपर्नेछ।
घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क दुई हजार, डिस्टिलरी उद्योगलाई ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई १० हजार रुपैयाँ कर तोकिएको छ।
चलचित्र निर्माण कम्पनीलाई १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ। मिनरल वाटर उद्योगलाई पाँच हजार, आइसक्रिम उद्योग ठूलो तीन किलोवाटभन्दा माथि लाई १० हजार र यस्तो घरेलु उद्योग तीन किलोवाटसम्म लाई दुई हजार रुपैयाँ कर तोकिएको छ।
ब्राण्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई १० हजार र यस्ता घरेलु उद्योगलाई दुई हजार रुपैयाँ कर तोकिएको छ। डेरी उद्योगले १० हजार, कुटानी–पिसानी मिलले पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले पाँच हजार रुपैयाँ कर तिर्नुपर्नेछ।
खाद्यान्न उद्योग पाँच किलोवाटभन्दा माथि का लागि १० हजार र यस्ता साना उद्योगलाई पाँच हजार रुपैयाँ कर तोकिएको छ। कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले १० हजार रुपैयाँ कर तिर्नुपर्नेछ। कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि ५० हजार, बोटल र जार पानी उद्योगका लागि सात हजार रुपैयाँ कर तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया