काठमाण्डौ महानगरको बजेट २५ अर्ब ५४ करोड,धुलोरहित काठमाण्डौु योजनालाई एक अर्ब रुपैयाँ पूर्ण पाठ – Nagarikabhiyan : National News

काठमाण्डौ महानगरको बजेट २५ अर्ब ५४ करोड,धुलोरहित काठमाण्डौु योजनालाई एक अर्ब रुपैयाँ पूर्ण पाठ

काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि बजेट ल्याएको छ । आइतवार महानगरकी उपमेयर सुनिता डंगोलले नगरसभाको बैठकमा आउँदो आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।

बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार ३३ दशमलव ७२ प्रतिशत र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ ९६६ दशमलव २८ प्रतिशत० विनियोजन गरिएको छ ।

महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये विस्तृत परियोजना प्रतिवेदन डीपीआर भएका सडक तथा पेटीहरू मर्मत तथा निर्माण गरी धुलोरहित काठमाण्डौु योजनालाई कार्यान्वयन गरिने बजेटमा उल्लेख छ । यस योजनाअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न एक अर्ब रुपैयाँ विनियोजन गरेको उपमेयर डंगोलले जानकारी दिनुभयो ।

यस्तै सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारीरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।