विराटनगर महानगरको बजेट तीन अर्ब २८ करोड रुपैयाँ – Nagarikabhiyan : National News

विराटनगर महानगरको बजेट तीन अर्ब २८ करोड रुपैयाँ

काठमाण्डाै – विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरको १२ औँ नगरसभामा आइतवार उपमेयर शिल्पा कार्कीले चालु आर्थिक वर्षको तुलनामा ४८ करोड २५ लाख रुपैयाँले कम बजेट सार्वजनिक गर्नुभएको हो ।

अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये सङ्घीय सरकार अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट चार करोड ५१ लाख ६३ हजार, राजस्व बाँडफाँटबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, सङ्घ–सस्थाबाट तीन करोड र नगद मौज्दातबाट दुई करोड रुपैयाँ आय हुने अनुमान रहेको छ ।